सिलगढी: सिलगढी नगरनिगमका मेयर गौतम देवले आज नगरनिगमका अधिकारीहरूलाई साथमा लिएर सिलगढी सहरको केही छट घाटहरूको निरीक्षण गरे। तिनले आज सिलगढीको ३६ नम्बर वार्डको दक्षिण शान्तिनगर, २४ नम्बर वार्डको श्रमिक नगर छट घाटको निरीक्षण गरे। यस अवसरमा मेयर परिषद मानिक दे, काउन्सिलर रञ्जनशील शर्मा, चेयरम्यान प्रतुल चक्रवर्ती लगायत अन्य अधिकारीहरू उपस्थित थिए। मेयर देवले बताएअनुसार ३६ नम्बर वार्डका काउन्सिलर रञ्जन शील शर्माको पहलमा छट पुजाको आयोजना गर्ने गरिन्छ। यस वर्ष पनि छट पुजाको तयारी राम्रैसित भइरहेको छ। छट पुजा शान्तिपूर्ण ढङ्गमा सम्पन्न गर्न चाहन्छौँ।