पैसा तिरेर पिकअप भ्यानमा डिजल नभरेको पेट्रोल पम्पविरुद्ध आरोप

Capture-2.jpg

सिलगढी: पैसा लिएपछि पिकअप भ्यानमा डिजल नभरेको पेट्रोल पम्पविरुद्ध अभियोग उठेको छ। उक्त घटनाले हिजो साँझ चम्पासरी मोड संलग्न एउटा पेट्रोल पम्प परिसरमा तनाउको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार गत साँझ चम्पासरी मोड संलग्न एउटा पेट्रोल पम्पमा पिकअप भ्यान चालकले १०१० रुपियाँको लगभग ११ लिटर डिजल भरेपछि तिनी भ्यान लिएर देवीडाङ्गा हाटमा पुगेका थिए। त्यहाँ चालकले पिकअप भ्यानको डिजल मिटरमा स्पिडको पता लगाउन सकेनन्। डिजल भरेको 1 घण्टापछि पिकअप चालक पेट्रोल पम्पमा गएर यसबारे त्यहाँका कर्मचारीहरूलाई बताए। तिनको आरोप अनुसार साँझको समय १०१० रुपियाँको डिजल भरे तापनि मिटरमा काटा शो गरेको थिएन। पेट्रोल पम्पले तिनको वाहनमा १०१० रुपियाँको डिजल भरेको छैन। तिनले उक्त आरोपलाई प्रमाणित गर्नको लागि पिकअप भ्यानको ट्याङ्की खोलेर डिजलको जाँच गराउँदा ट्याङ्कीमा लगभग ५ देखि ६ लिटर डिजल भेट्टाइयो। अर्कोतिर, चम्पासरीस्थित एउटा पेट्रोल पम्पका म्यानेजरले बताएअनुसार हिजो साँझ एकजना चालकले पिकअप भ्यानमा १०१० रुपियाँको डिजल भरेपछि त्यहाँबाट निस्केका थिए। त्यस समय चालकले कुनै अभियोग गरेन। यसपछि लगभग १ घण्टापछि पिकअप चालक पम्पमा आएर डिजल नदिएको आरोप लगाइरहेको छ। पिकअप चालकको आरोप पूर्ण रूपमा झुटो हो। पेट्रोल पम्पमाथि झुटो आरोप लगाएको विरुद्ध थानामा अभियोग दर्ता गर्नेछौँ। घटनाको जानकारी पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement