दार्जीलिङ: उप प्रधान अनुप सुब्बाको नेतृत्वमा सिरिङ गाउँ बाटोको जीर्णद्वार सम्पन्न।सिरिङ गाउँ बाटोले मर्मा गाउँलाई जोडेको छ तर बाटोको अवस्था अति नै जीर्ण भएको हुनाले यस बाटो भएर हिडने यात्री एंव मानिसहरूलाई धेरै समस्या भई रहेको थियो।यी सवै विषयहरूलाई ध्यानमा राख्दै हाम्रो पार्टीद्वारा निर्वाचित ग्राम पंचायतको उप प्रधान अनुप सुब्बाको नेतृत्वमा जीर्णद्वारको कार्य सम्पन्न भयो। यस संदर्भमा बुद्व सार्कीले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा सिरिङ गाउँको बाटो अति नै जीर्ण अवस्थामा पूगेको हुनाले उप प्रधान अनुप सुब्बाको नेतृत्वमा बाटोको जीर्णद्वारको कार्य सम्पन्न भएको जानकारी गराए। तिनले अधि बाटोको जीर्णद्वारको कार्यमा हाम्रो पार्टीद्वारा निर्वाचित उप प्रधान अनुप सुब्बाले जीर्णद्वार कार्यमा प्रयोग गरिने सर समाग्री लगायत आर्थिक सहयोग पनि प्रदान गरेको छ। त्यसरी नै मोतीराम सुब्बा, सोनाम तामाङ, विजय गुरूङ, बरूण सुब्बा आदिले जीर्णद्वारको कार्यलाई सहयोगसंग संगै आफुहरू स्वयम उपस्थित रहेर जीर्णद्वारको कार्यमा हात बडाएर बुद्व सार्कीले बताए।तिनले अझ भने यो बाटोसंग जोडिएको गाउँ ठाउँ का मानिसहरूले पनि जीर्णद्वारको कार्यमा हात बडाएको तिनले थप जानकारी गराए।स्मरण रहोस सिरिङ गाउँको यो बाटो विगत केही अधि मात्र निर्माण गरिएको हुनाले विभागद्वारा पूनः जीर्णद्वारको कार्य सम्भाव नरहेको हुनाले हाम्रो पार्टीद्वारा निर्वाचित उप प्रधान अनुप सुब्बाको नेतृत्वमा जीर्णद्वारको कार्य सम्पन्न गरिएको हो भन्ने बुद्व सार्कीले बताए।