गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत अप्रवासी, भिसा, विदेशी र ट्रेकिङ सिस्टमलाई लिएर हिजो एक सचेतना कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रमको अध्यक्षता पर्यटन विभागकी विशेष सचिव कर्मा डोमा युट्सोले गरेकी थिइन्। यस अवसरमा विभिन्न विभागका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै विशेष सचिव कर्मा डोमाले विशेष नयाँ संयन्त्र लागू गर्नाले सिक्किम आउने विदेशी जस्तै बंगलादेश र नेपाली नागरिकहरूलाई सरकारी मापदण्डहरूको दायरा भित्र प्रतिबन्धित क्षेत्र अनुमति जारी गर्न सजिलो हुने आश्वासन बताइन्। उनले राज्यका सबै जिल्लामा जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको अवगत गराइन्। उल्लेखनीय छ, सिक्किम एक सीमा क्षेत्र भएको कारण यहाँ आउने विदेशीहरूमाथि कडा नजर राख्न विभागले यस प्रकारको नयाँ तकनिकी शुरू गरेको हो।