नगाउॅं: असमको नगाउॅं जिल्ला अन्तर्गत कसुवा पुलिसले नकली नोट बनाएको आरोपमा मेसिनसहित चार जनालाई पक्राउ गरेको छ।
पुलिसले आज बताए अनुसार, कसुवाको उत्तर शिमुलुगुरीमा कसुवा पुलिसले गुप्त सूचनाको आधारमा छापा माऱ्यो।
छापामारीमा बन्दनागाउॅंका एक दम्पतिसहित चार जनालाई हिरासतमा लिइयो। आरोपितहरूलाई त्यस समय पक्राउ गरियो जब उनीहरू नकली नोटबो बन्डल बिक्री गर्न लागेका थिए।
अभियानको नेतृत्व कसुवा थाना प्रभारी राजा इरशादले गरेको थियो। छापामारीमा पक्रा पर्ने व्यक्तिहरूको नाम विचेनो उइखान, ए शिमराई, इदरीस अली र बालीसरिया के अनवर हुसैन बताइएको छ।
पुलिसले नकली नोट छाप्न प्रयोग गरिने प्रिन्टिङ मेसिन, कागज, मोबाइल फोन, पॉंच सय रूपियॉंको नोट, नकली नोटको एउटा बन्डल र एउटा वाहन जफत गरेको छ। पुलिसले आरोपितहरू विरूद्ध मामिला दर्ता गरेर उनीहरू विरूद्ध कानूनी कारबाही शुरू गरेको छ।