गुवाहाटी: तीन दिवसीय राजकीय यात्रामा हिजो गुवाहाटी आइपुगेका भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्गचुक आज बिहान गुवाहाटीको बोरझारस्थित लोकप्रिय गोपीनाथ बरदलै अन्तरराष्ट्रिय हवाईअड्डादेखि माथिल्लो असमको जोरहाट तर्फ प्रस्थान भए।
उनी राष्ट्रिय उद्यान काजीरङ्गा पुग्नेछन् जहाँ उनको स्वागतको लागि काजीरङ्गाको कोंहरा वनाञ्चलमा कार्यक्रम आयोजना गरिएको छ। राजा वाङ्गचुकलाई जोरहाटको लागि विदा गर्ने समयमा हवाईअड्डामा असम सरकारको पक्षबाट पी एण्ड आरडी मन्त्री रञ्जित कुमार दास तथा मुख्यसविच पवन कुमार बोरठाकुर, गुहावाटी नगरनिगमका मेयर मृगेन शरणिया, कामरूप (मेट्रो)-का उपायुक्त तथा असम पुलिसका महानिदेशक जीपी सिंह उपस्थित।
यसपूर्व भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्गचुकसित असमका शिक्षामन्त्री डा. रनोज पेगु र विभिन्न शिक्षा संस्थानहरूका फ्याकेल्टी प्रमुखहरूले होटल रेडिसन ब्लूमा भेट गरे। राजा वाङ्गचुकले होटल रेडिसन ब्लूमै रात्रि विश्राम गरेका थिए। यस अवसरमा शिक्षामन्त्री र राजामाझ विभिन्न मुद्दाहरूमाथि बातचित भयो।