मार्चमा रोटरी वे- को उद्घाटन गरिने: मुख्यमन्त्री

IMG-20230410-WA0169-11-300x172-1

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मार्च महिनामा उत्तर गुवाहाटीलाई गुवाहाटीसित जोड्ने ब्रह्मपुत्रमा बनेको पुलको साथै एक रोटरी वे- को उद्घाटन गरिने बताएका छन्।

उनले आज राजधानी दिसपुर जनता भवन स्थित मुख्यमन्त्रीको नयाँ कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधित गरिरहेका थिए।

उनले भऩे, यस रोटरी वे- ले गुवाहाटीको भरलुमुखमा हुने ट्राफिक जामको समस्याको स्थाई समाधान गर्नसक्नेछ। मालीगाउँतिरबाट आउने गाड़ीहरू भूतनाथदेखि रोटरी वे- को माध्यमले ब्रह्मपुत्रमा बनेको पुल हुँदै पान बजार स्थित एमएमसी होस्पिटल नजिक पुग्नेछ।

अर्कोतिर, पान बजारतिरबाट आउने गाड़ीहरू वर्तमान फोरलेन बाटोबाट सीधा शान्तिपुरसम्म जानेछ। पान बजारदेखि भूतनाथतिर जाने वर्तमान फोरलेन सड़क वन वे हुनेछ। यो रोटरी वे चालू भएपछि गुवाहाटीमा पस्ने र निस्किने मार्ग पूर्ण रूपमा ट्राफिक मुक्त हुनेछ। पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले अन्य धेरै जानकारीहरू पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement