इडेन गार्डेन: टिकट नपाएपछि इडेन अगाडि हंगामा

Eden-Garden

कोलकाता: भारत र दक्षिण अफ्रिकाबीच हुने विश्वकप लिग खेलको टिकट नपाएपछि क्रिकेट फ्यान र बंगाल क्रिकेट संघका आजीवन सदस्यमा चर्को आक्रोश छ र शुक्रबार इडेन गार्डेन बाहिर प्रदर्शन भएको छ। यो विश्वकपमा भारतीय टोलीको एक मात्र खेल यही नोभेम्बर ५ मा हुनेछ। भारतको सेमिफाइनल खेल कोलकातामा पाकिस्तान अगाडि भए मात्रै हुनेछ, जसको सम्भावना कम देखिन्छ। यस्तो अवस्थामा करिब ६५ हजार क्षमताको रंगशालामा यो खेलको टिकटका लागि निकै प्रतिस्पर्धा भइरहेको छ। विराट कोहलीको जन्मदिनमा खेलाइने यो खेललाई लिएर निकै उत्सुकता छ।

करिब सय जनाले टिकटको माग गर्दै इडेन गार्डेन बाहिर प्रदर्शन गरेका थिए। जसमा विद्यार्थी, महिला, बालबालिका र क्याबका आजीवन सदस्यहरू थिए। सीएबीका आजीवन सदस्यहरूले इडेन गार्डेनमा हुने खेलका लागि नि:शुल्क टिकट पाउँछन् तर यस पटक धेरै मागका कारण सबैले टिकट पाउन सकेनन्। टिकटको पर्खाइमा विगत दुई दिनदेखि लगातार स्टेडियमबाहिर उभिएका विद्यार्थी विप्लव बनर्जीले भने, ‘टिकट नै नभएको कसरी हुनसक्छ। बुक माई शोमा पनि फेला पार्न सकिँदैन। आखिर टिकट कहाँ गयो? कसले पाएको छ?

आमाले छोरालाई साथमा लिएर कडा प्रदर्शन गरिन्। १२ वर्षको बच्चालाई लिएर आएकी अर्पिता साहले भनिन्, ‘मेरो छोरा कोहलीको फ्यान हो र उसको जन्मदिनमा यहाँ भारतको खेल हुँदैछ। हामीले उसलाई यो खेल देखाउन चाहन्थ्यौं तर पछिल्ला केही दिनदेखि हाम्रो सबै प्रयासका बाबजुद हामी निराश भएका छौं। अफिसबाट बिदा लिएर टिकट मिलाउन व्यस्त छौँ तर पाउन सकेनौँl’

समाचार अनुसार  टिकटको कालोबजारी गरेको आरोपमा बिहीबार पनि कोलकाता पुलिसले पाँच जनालाई पक्राउ गरेको छ। कोलकाताका पुलिस आयुक्त विनीत गोयलले टिकटको कालोबजारी रोक्न स्टेडियमबाहिर पुलिस तैनाथ गर्ने घोषणा गरेका थिए। विवाद यति हदसम्म बढ्यो कि पूर्व भारतीय कप्तान सौरभ गांगुलीका जेठा भाइ र क्याब अध्यक्ष स्नेहाशिष गांगुलीले बंगाल क्रिकेट संघले कम टिकट पाएको भन्दै सदस्यहरूबीच बाँडफाँड गरेको स्पष्टीकरण दिनुपरेको थियो। उनले भने, ‘अनलाइन टिकट बिक्रीमा हाम्रो कुनै भूमिका छैन। बीसीसीआईले बुकमाईशो मार्फत यो गरिरहेको छ। हामीले जति टिकट पायौं, त्यो पहिले आउने, पहिले पाउने आधारमा सदस्यहरूमाझ बाँडियोl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement