नेपालमा शक्तिशाली भूकम्पका कारण १५४ को मृत्यु

nepq_573

भारतले हर सम्भव सहयोग गर्ने, प्रधानमन्त्री मोदीद्वारा समवेदना व्यक्त

काठमाडौं: पश्चिम नेपालमा शुक्र बार अबेर राति ६.४ तीव्रताको भूकम्पले ठूलो विनाश गरेको छ। प्रभावित क्षेत्रहरूमा राहत एवं बचाउ कार्य युद्धस्तरमा जारी छ। राष्ट्रिय भूकम्प निगरानी एवं अनुसन्धान केन्द्र अनुसार, भूकम्प राति ११:४७ बजे आएको हो। यसको केन्द्र जाजरकोट जिल्लामा थियो। यस बीच शनिवार बिहान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूकम्प त्रासदीमाथि गहिरो समवेदना व्यक्त गरेका छन्। उनले भारत नेपाललाई जर सम्भव सहायता गर्न तयार रहेको बताएका छन्।

अधिकारीहरूका अनुसार मृतकहरूको संख्या बढ्ने आशंका छ। राहत एवं बचाउ कर्मचारीहरूले भत्किएका घरहरूमा सम्भावित दबिएका मानिसहरूको खोजी गरिरहेका छन्। अहिलेसम्म जाजरकोटमा ९२ जना र रूकुममा ६२ जनाको मृत्यु भएका छन्। भारतका प्रधानमन्त्री मोदीले यस त्रासदीमा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन्। उनले आफ्नो शोक सन्देशमा भनेका छन्, ‘यस आपदाको समयमा भारत नेपाललाई हर सम्भव मद्दत गर्न तयार छ।’ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रभावित क्षेत्र जाजरकोट पुगेका छन्। नेपाली सेनाको मेडिकल टीम र औषधिहरूका साथ प्रचण्डले भूकम्प प्रभावित क्षेत्रहरूको निरीक्षण गरिरहेका छन्। उनले राहत एवं बचाउ कार्यमा सबैलाई सहयोग गर्न अपील गरेका छन्। -हिस             

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *