प्रवेश शुल्क कम गराउने मांगमा विरोध

IMG_20220718_224453.jpg

राजगञ्ज: राजगञ्ज कलेजमा तृणमूल छात्र परिषदले कलेजमा प्रवेश शुल्क कम्ती गरिनुपर्ने मागमा विरोध प्रदर्शन गऱ्यो। आज विरोध प्रदर्शन गर्नको साथै कलेजका प्रिन्सिपललाई एउटा ज्ञापन पत्र पनि चढाए। यस सम्बन्ध राजगञ्ज ब्लक तृणमूल छात्र परिषदका अध्यक्ष मेहेबुब आलमले बताए अनुसार राजगञ्ज कलेजको प्रवेश शुल्क कम्ती गर्ने मागमा आज आफूहरूद्वारा विरोध प्रदर्शन गरेको हो। राजगञ्ज कलेजको प्रवेश शुल्क उत्तर बंगाल विश्वविद्यालयको अन्य कलेजहरूको तुलनामा निक्कै अधिक छ। यसैले आज कलेजको प्रवेश शुल्क कम्ती गर्ने मागमा विरोध प्रदर्शन गर्नको साथै एउटा ज्ञापन पत्र चढाएको तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement