काठमाडौं: जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौंसहित देशको अधिकांश स्थानमा महसुस गरिएको छ। भूकम्पबाट जाजरकोट, रूकुम पश्चिमसहितका जिल्लाहरुमा घरहरु भत्केका छन। समाचार लेखुन्जेल थप विवरण प्राप्त हुनसकेको छैन।