दुई दिने विधानसभा सत्रको समापन

IMG-20231103-WA0242.jpg

गान्तोक: एउटा संशोधन लगायत 6 वटा वधेयक ध्वनीमतले पारित गरिनुको साथै दशौं सिक्किम विधानसभाको सातौं सत्रको दोस्रो भागअन्तर्गत आयोजित दुई दिवसीय विधानसभा अधिवेशनको आज समापन भयो। यसको साथै राज्यमा अझै चारवटा नयाँ विश्वविद्यालय स्थापनाको मार्ग पनि प्रशस्त भएको छ। हिजो पहिलो दिनको सदनमा प्रस्तुत गरिएका सबै 6 विधेयकलाई आजको सदनले बिनाबहस ध्वानीमतले पारित गरेको छ जसमा शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाले पेश गरेका सिक्किम गुरु पद्मसम्भव यूनिभर्सिटी र सिक्किम सरदार पटेल यूनिभर्सिटी विधेयक साथै कौशल विकास मन्त्री भाम हाङ लिम्बूले पेश गरेका नेशनल काउन्सिल फर स्किल एजुकेशन र एडटेक स्किल्स यूनिभर्सिटी विधेयक पनि रहेको छ।

यसरी नै हिजो नै शहरी विकास मन्त्री एलबी दासले सदनमा बहसकालागि पेश गरेको सिक्किम एरियल रोपवे विधेयक र मुख्यमन्त्री तथा वित्त प्रभारी मन्त्री प्रेम सिंह तामाङले पेश गरेको सिक्किम गुड्स एण्ड सर्विसेस ट्याक्स (संशोधन) विधेयकलाई पनि आजको सदनले पारित गरेको छ।

उल्लेखनीय़ छ, यस दुई दिवसीय विधानसभा सत्रामा सदनका एक मात्र विपक्षी सदस्य तथा पूर्व मुख्यमन्त्री पवन चामलिङ अनुपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement