लायन्स क्लब टोलीको राज्यपालसित भेट

IMG-20231103-WA0239.jpg

गान्तोक। लायन्स इन्टरनेशनल ३२२ एफ अन्तर्गत लायन्स क्लब अफ गान्तोक हिल्सका सदस्यहरूले सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग राजभवनमा भेट गरे। टोलीको नेतृत्व क्लबका अध्यक्ष सजन अग्रवालले गरेका थिए। बैठकमा क्लबका सदस्यहरूले आफूले गरेका विभिन्न सामुदायिक पहलका बारेमा जानकारी गराए। टोलीले आँखा जाँच शिविर, क्यान्सर सचेतना शिविर, र क्लबद्वारा आयोजित रक्तदान अभियान जस्ता विशिष्ट कार्यक्रमहरू बारे जानकारी गराए। क्लबका सदस्यहरूले राज्यका बाढीपीडितहरूको लागि आफ्नो योगदान र सहयोग बारे पनि साझा गर्ने अवसर प्राप्त गरे। राज्यपाल आचार्यले क्लबको गतिविधिको प्रशंसा गर्दै विशेषगरी दुर्गम क्षेत्रमा यस्ता कामलाई निरन्तरता दिन र राज्यका स्थानीय समुदायसँग सहकार्य गर्न प्रोत्साहित गरे। बैठकमा लायन्स इन्टरनेसनल ३२२ एफ का जोन अध्यक्ष पुरुषोत्तम अग्रवाल लगायत क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो। यस अन्तरक्रियाले लायन्स क्लब अफ गानटोक हिल्सको सामुदायिक सेवाप्रतिको प्रतिबद्धता र सिक्किमका जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement