सदभावना संकल्प यात्रा सिक्किम आइपुग्यो

IMG-20231103-WA0238.jpg

गान्तोक: हाम्रो अज्ञानता नै हाम्रो दु:खको कारण हो। कुनै पनि व्यक्ति अयोग्य छैन। राम्रो र नराम्रो सबै भित्र हुन्छ। हामी कमजोरी र कठिनाइहरु संग डराउनु पर्दैन। एक साधकलाई ती कठिनाइहरूलाई पार गर्ने प्रेरणा, शक्ति र क्षमता अध्यात्मको प्रकाशबाट, पवित्र वेदको आवाजबाट निश्चित रूपमा प्राप्त हुन्छ। महर्षि सदाफल देव आश्रम सत्संग भवनमा आयोजित जय स्ववेद कथा तथा ध्यान साधना संकल्प यात्राका क्रममा स्वर्वेद कथाका प्रवर्तक सन्त प्रवर विज्ञानदेवजी महाराजले उक्त विचार राखे। उनले हाम्रो विचारले हामीलाई सुखी र दुःखी बनाउने र विचारले नै सुख र दु:खको अनुभव गराउने थपे। विहंगम योगका प्रवर्तक अमर हिमालय योग अनन्त सद्गुरु सदाफलदेवजी महाराजले आफ्नो ध्यानद्वारा ईश्वरबाट योग प्राप्त गरेको र यो दुर्लभ विज्ञानलाई अनौठो माध्यमबाट जनताको पहुँचमा पुऱ्याउने बताए। उनले भक्तजनलाई सन्देश दिँदै स्वरवेद भनिने आध्यात्मिक शास्त्रमाथि चर्चा गर्दै स्वरवेदले हाम्रो आध्यात्मिक यात्रालाई सधैं जागृत राख्छ भनी उल्लेख गरे। सन्त विज्ञान देवजी महाराजले उपस्थित भक्तहरूलाई विहंगम योगको सक्रिय योग अभ्यास गराए। विहंगम योगको ध्यानले आन्तरिक शान्तिको लागि मार्ग प्रशस्त गर्दछ भन्दै जब साधक सिद्धासनमा बस्छ र आफ्नो चेतना गुरुले सिकाएको भूमिमा केन्द्रित गर्दछ, उसले मानसिक र आध्यात्मिक शान्तिको अनुभव गर्ने बताए। ध्यानले हाम्रो मन र मस्तिष्कलाई उज्यालो बनाउने भन्दै सबैले हरेक दिन भगवान ओमको पवित्र नाम जप गर्नुपर्ने बताए। उऩलाई सिक्किमको मुख्य प्रवेशद्वारमा शिष्य र विहंगम परिवारका सदस्यहरूले स्वागत गरेका थिए। उनले यही नोभेम्बर १७ को दिनदेखि कश्मिरको भूमिबाट २५ हजार कुण्डीय स्वरवेद ज्ञान महायज्ञको शतवार्षिकी महोत्सवको अवसरमा संकल्प यात्रा शुरु भएको आयोजकले जानकारी दिए। यो संकल्प यात्रा जम्मू कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, चण्डीगढ़, उत्तराखण्ड, उड़ुसा, छत्तीसगढ, मध्यप्रदेश, दिल्ली, पश्चिम बंगाल, बिहार, झारखण्ड, गोवा, महाराष्ट्र, दादरा र नगर हवेली, दमन र दीव, गुजरातमा हुनेछ। विहंगम योग सन्त समाजको उपस्थिति रहेको यो यात्रा राजस्थान, हरियाणा, उत्तर प्रदेशका विभिन्न सहरपछि सिक्किमको गान्तोक पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement