शाक्यमुनि ज्ञान र बुद्धिका प्रतीक हुन्ः मुख्यमन्त्री तामाङ

1000421581.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले ल्हाबाब दुछेनको शुभ अवसरमा सिक्किमका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘शाक्यमुनि ज्ञान र बुद्धिका प्रतीक हुन् र म सिक्किमका जनतालाई भगवान बुद्धले सिकाउनुभएको ज्ञान, प्रेम, करुणा र सद्भावका गुणहरू सिक्न र पालना गर्न आग्रह गर्दछु।’

उनले अघि भनेका छन्, ‘शाक्यमुनिको आदर्श र शिक्षाले हामीलाई प्रेरणा र हाम्रो जीवन र कर्मलाई उज्यालो बनाइराखोस्। यस शुभ अवसरले भगवान बुद्धको आदर्शको प्रचार-प्रसार गर्दै सर्वत्र शान्ति, सुख र सद्भावको प्रवर्द्धन गरिरहोस्।’

मुख्यमन्त्रीले यस पवित्र दिनमा आफु सिक्किमका जनता र विश्वभरका बौद्ध समुदायसँग भगवान बुद्धको पूजा अर्चनामा सामेल रहेको आफ्नो सन्देशमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement