गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले ल्हाबाब दुछेनको शुभ अवसरमा सिक्किमवासीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
राज्यपाल आचार्यले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘ल्हाबाब दुछेन त्यो दिन मानिन्छ जब भगवान बुद्धले आफ्ना अनुयायीहरूको अनुरोधमा आफ्नो शिक्षा प्रदान गर्न र आफ्ना ममतामयी आमालाई संसारको चक्रबाट मुक्त गराएर उनीप्रति कृतज्ञता व्यक्त गर्नका लागि पृथ्वीमा अवतरित भएका थिए।’
राज्यपालले यस पुनीत अवसरमा सिक्किमवासीहरूलाई भगवान बुद्धका दिव्य सन्देशहरू पालन गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘भगवान बुद्धका आदर्श र शिक्षाले हामीलाई सदैव प्रेरित गरिरहुन् र हामी कर्म पथमा प्रेम, भाइचारा अनि सद्भावका साथ सदैव सृद्धितिर अग्रसर बनौं।’