सिलगढी: सिलगढी नगरनिगमको काउन्सिलर प्रशान्त चक्रवर्तीले एक जागरुक कार्यक्रमको आयोजना गरे। तिनी २७ नम्बर वार्ड काउन्सिलर हुन्। आजको यस जागरुक कार्यक्रममा बड्दो डेङ्गुबारे वार्डवासीलाई जागरूक गराउनको साथै प्लास्टिकको प्रयोग बन्द गर्ने तिनले सन्देश दिए। काउन्सिलर प्रशान्त चक्रवर्तीले आज स्वास्थ्य कर्मीहरूलाई साथमा लिएर वार्डको विभिन्न इलाकामा सचेतनतामूलक प्रचारहरु पनि गरे। यस प्रचार अवधिमा तिनले सबै वार्डवासीहरुसित डेङ्गुबारे जागरूक गराउनको लागि लिफलेट वितरण गरे। यसको साथै उनले सबैसित जुलाई १ देखि देशभरि नै प्रतिबन्ध गरिएको प्लास्टिकको प्रयोग नगर्ने अपील गर्दै वार्डको विभिन्न दोकानहरूमा स्टिकर लगाएको बताइएको छ। यस विषयमा प्रशान्त चक्रवर्तीले भने, वार्डवासीलाई डेङ्गुबारे जागरूक गर्नको साथै प्लास्टिकको प्रयोग बन्द गर्ने अपील पनि गरे। यदि कसैले नगरनिगमको उक्त नियमको उल्लङ्घन गरेको खण्डमा जरिमाना लगाइने तिनले बताए।