हरिणको सिङहरू सहित दुईजना तस्कर पक्राउ

Screenshot_20231103_221643_Samsung-Internet.jpg

सिलगढी: करोड रुपियाँको हरिणको सिङहरू सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरूमा गोविन्द मण्डल र प्रितम राय सामेल छन्। गोविन्द आमबाडी निवासी अनि प्रितम अलिपुरद्वार बीरपाड़ाका निवासी हुन्। प्राप्त जानकारी अनुसार यी दुवैजना झोलामा हरिणको सिङहरू लिएर बिक्री गर्नको लागि बाघडुग्रा थाना इलाकामा आएका थिए। यसबारे गोप्य सूचना पाएपछि एसओजी-ले बाघडुग्रा थाना पुलिसले संयुक्त अभियान चलाएर ती दुवैलाई सन्देहको आधारमा हिरासत लिए।

यसपछि यी दुवैको झोलाको छानबिन गर्दा पुलिसले तीनवटा हरिणको सिङ उद्धार गरेको बताइएको छ। उक्त उद्धार गरेको हरिणको सिहको बजार मूल्य करोड रुपियाँ तोकेको छ। बाघडुग्रा थाना पुलिसले वन्यजीवको देह अंश तस्करी गरेको मामिला दर्ता गरेर हरिणको सिङहरू सहित पक्रा परेका दुईजना आरोपीलाई खरसाङ डिभिजनको बाघडुग्रा रेञ्जको वन विभागलाई सुम्पिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement