सुकान्तपल्ली कालीबारी समितिको तर्फबाट लुगाफाटा वितरण

e56b008b-8eb5-4332-bf29-4bd26afc9f1a-1024x576.jpg

सिलगढी: सुकान्तपल्ली कालीबारी समितिले श्यामा पुजा अघि आवश्यकमन्द नानीहरूलाई नयाँ लुगाफाटा वितरण गर्यो। समितिको तर्फबाट आज लगभग २५० जना नानीहरूलाई नयाँ लुगाफाटा वितरण गरियो। आर्थिक रूपमा कमजोर परिवारका नानीहरूले इच्छा लागे तापनि नयाँ लुगाफाटा किनेर लगाउन सक्दैनन्। यसैले ती नानीहरूलाई मुहारमा खुसी ल्याउने उद्देश्य लिएर सुकान्तपल्ली कालीबारी कमिटीले आज लगभग २५० जना नानीहरूलाई नयाँ लुगाफाटा वितरण गर्यो। एउटा स्वयम्‌सेवी संगठनको सहयोगमा कमिटीको तर्फबाट उक्त पहल गरेको हो। यस अवसरमा ३२ नम्बर वार्डका काउन्सिलर तापस च्याटर्जी पनि उपस्थित थिए। तिनले भने, एउटा स्वयम्‌सेवी संगठन र सुकान्तपल्ली कालीबारी कमिटीको संयुक्त पहलमा आज उक्त पहल गरिएको हो। आगामी दिनमा पनि विभिन्न समाजसेवामूलक कार्यहरू गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement