कोलकाताः पूर्व खाद्य मन्त्री ज्योतिप्रिय मल्लिकले तृणमूल सुप्रीम ममता ब्यानर्जी र पार्टीका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीलाई उनी निर्दोष हुन् भन्ने जानकारी रहेको दाबी गरेका छन्। शुक्रवार बिहान जब मेडिकल जाँचको निम्ति ईडी अधिकारी उनलाई लिएर सीजीओ कम्प्लेक्सबाट निस्के तब त्यहाँ मीडिया प्रतिनिधिहरू सामू मन्त्रीले भने, म षड़यन्त्रको शिकार भएको हुँ। भाजपाले मलाई फंसाएको छ। ममता दिदी र अभिषेकलाई सबै थाहा छ। म पार्टीको साथ थिए, छु र रहनेछु। मलाई छिटोभन्दा छिटो मुक्त गरिनेछ।
वस्तुतः ईडीले २१ घण्टाको लगातार तलाशीपछि ज्योतिप्रियलाई पक्राउ गरेको थियो। त्यही दिन मुख्यमन्त्री ममता ब्यानर्जीले प्रेस कन्फ्रेन्स गरी भाजपामाथि हमला गरेकी थिइन्। उनले आरोप लगाइन्, भाजपाले जानीबुझी राज्यका नेताहरू र मन्त्रीहरूलाई मर्कामा पारिरहेछ। यद्यपि, भाजपाले दाबी गरेको छ कि राज्यको सत्तारूढ़ खेमाले दोष लुक्याउनका लागि मनगढ़न्त कुरा गरिरहेछ।
-हिस