कोलकाताः गत हप्ता चर्चित राशन वितरण मामिलामा पक्रा परेका पश्चिम बंगालका मन्त्री ज्योतिप्रिय मल्लिकलाई शुक्रवार बिहान स्वास्थ्य जाँचको निम्ति सीजीओ कम्प्लेक्स स्थित केन्द्रिय एजेन्सी ईडी अफिस बाहिर निकालियो। यहाँ मीडियाकर्मीहरूसित उनले भऩे, मुख्यमन्त्री ममता ब्यानर्जी र पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीलाई यस मामिलामा भाजपाले मलाई कसरी फंसायो, यसको जानकारी छ।
राज्यका वर्तमान वन मन्त्री एवं पूर्व खाद्य एवं आपूर्ति मन्त्री मल्लिकले त्यहाँ उपस्थित मीडियाकर्मीहरूसित संक्षिप्त कुराकानी गर्दै भने, म भाजपाद्वारा रचिएको षड़यन्त्रको शिकार भएको छु। ममता ब्यानर्जी र अभिषेक ब्यानर्जी दुवैलाई यसको जानकारी छ। तृणमूल कांग्रेससित म सदैव जोड़िरहनेछु। यस संकटको समय मेरो पार्टीको नेतृत्व मेरो साथ खड़ा रहनेछ भनी मलाई पूरा विश्वास छ। उनले यस मामिलामा आफूलाई निर्दोष सिद्द गर्ने औं छिटोभन्दा छिटो मुक्त हुने भरोसा पनि व्यक्त गरे। उनले भऩे, अब केही दिन प्रतिक्षा गर्नुहोस्।
उनको यो टिप्पणी धेरै महत्वपूर्ण मानिन्दैछ किनभने उनी पक्रा परेपछि पार्टी नेतृत्वको एक वर्गले उनीदेखि दूरी बनाउन शुरू गरेको छ। हालमा उत्तर २४ परगनाको बारासात निर्वाचन क्षेत्रबाट तृणमूल कांग्रेसको लोकसभा सदस्य काकोली घोष दस्तीदारले दाबी गरेकी थिइन् कि मल्लिकले व्यक्तिगत रूपमा जे गरेका छन् त्यसबाट पार्टीको छवि खराब हुनेछैन।
-हिस