नाम्चीमा दोस्रो राज्यस्तरीय अन्तर विद्यालय पुरुष वर्गको लिग भलिबल शुरू

n5533508401699025125105bb010f2c294b467d7409c7ad82c86f7b4a83607a257ea688a9431f8027324af6.jpg

नाम्ची: नाम्चीमा आजदेखि दोस्रो राज्यस्तरीय अन्तर विद्यालय पुरुष वर्गको लिग भलिबल प्रतियोगिता शुरू भएको छ। यस पुरूष वर्ग भलिबल प्रतियोगितामा छवटा स्कूलले सहभागिता जनाएका छन्।

सिक्किम भलिबल ऐसोसिएशनले आयोजना गरेको यस प्रतियोगिताको फाइनल खेल आगामी ७ नोभेम्बरमा सम्पन्न हुनेछ। यस प्रतियोगितालाई सफल बनाउन खेल एवं युवा मामिला विभागले पनि सहयोग पुऱ्याएको बताइएको छ।

आजको कार्यक्रममा पीएचई विभागका एई सोनाम कार्थोक लेप्चा मुख्य अतिथि रहेका थिए। कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको पुरूषवर्गको प्रथम खेलमा मञ्जुश्री पब्लिक स्कूललाई पराजित गरेर दरामदिन केजीएसएसएस विजयी भयो। यसरी नै दोस्रो खेलमा नाम्ची एसएसएसले डनबस्को स्कूल मलबासेलाई पराजित गऱ्यो।

भोलि महिला वर्गको नकआउट प्रतियोगिता शुरू हुनेछ। यस प्रतियोगितामा चारवटा दलले सहभागिता जनाएका छन्।

स्मरण गराइन्छ, प्रतियोगिता शुरू गर्नअघि टिस्टा बाढीको चपेटमा परेर ज्यान गुमाउनेहरू र केही महिनाअघि स्वर्गवास भएका फुटबल प्रशिक्षक मिलन सुब्बाको नाममा दुई मिनटको मौन धारण पनि गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement