गान्तोक: मंगन जिल्लाका अतिरिक्त जिल्लापाल सोनम टी. टाशीको अध्यक्षतामा चुङथाङका महकुमा अधिकारीद्वारा तयार गरिएको रिपोर्टमाथि विश्लेषण गर्न आज सभा बस्यो। विशेष गरेर गत ४ अक्टोबरको दिन आएको बाढीले राज्यभरि नै व्यापकरूपा क्षति पुऱ्याएको छ।
बाढी चुङथाङमा पनि धेरै क्षति गरेको छ भने सोही क्षतिलाई लिएर महकुमा अधिकारीले एउटा प्रतिवेदन तयार पारेको छ।
उक्त प्रतिवेदनमाथि छलफल गर्ने उद्देश्यले अतिरिक्त जिल्लापालले सभा डाकेका हुन्। विशेष गरेर प्रभावित परिवारलाई राम्रो स्थान हेरेर उनीहरूलाई पुर्नावास गराउनको निम्ति जिल्लापालले महकुमा अधिकारलाई रिपोर्ट तयार गर्ने आदेश दिएका थिए। मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सभामा चुङथाङमा कुल ५३ परिवारलाई पुनर्वास गराउनु पर्ने भएको छ भने आठवटा सरकारी पुर्वधारलाई पनि क्षति पुगेको महकुमा अधिकारीद्वारा तयार गरिएको रिपोर्टमा उल्लेख गरिएको छ।
सभामा प्रस्तावित पुनर्स्थापनाका लागि चुङथाङको चारवटा वार्ड जस्तै चुङथाङ, पेगोङ, थेङ र बपमा पहिचान गरिएको छ। यी स्थानहरू उपयुक्त र प्रायः खाली भएकाले रिपोर्टमा गरिएको उल्लेख गरिएको छ।