सिलगढी: आउँदो ५ नोभेम्बमा रविन्द्र भवन मङपूमा प्रदर्शन हुन लागिरहेको नेपाली कथानक चलचित्र ‘सँगसँगै’को टाइटल गीत आज दार्जीलिङ प्रेस गिल्ड मङपू युनिट कार्यलयमा पत्रकार केशर मोक्तानको बाहुलीबाट सामाजिक संजालमा सार्वजनिक गरियो। शुरु प्रोडक्सन, लाटपञ्चरले निर्माण उक्त चलचित्रको गीतको रचनाकार चलचित्रकै नवोदित निर्देशक स्वयं सुश्री श्रेया तामाङ हुन् भने संगीत समूएल शामु अनि स्वर प्रणय गुरुङ अनि अनुपमा प्रधानले दिएका छन्।