भुटानका जिल्ला गवर्नरले गरे मुख्य सचिव पाठकसँग भेट

IMG-20231103-WA0237.jpg

गान्तोक: सिक्किम भ्रमणमा आएका साम्ची भुटानका जिल्ला गवर्नर मिन्जुर दोर्दीले हिजो राज्यका मुख्य सचिव भीबी पाठकसँग टाशीलिङ सचिवालयमा भेट गरे। भेटको क्रममा सिक्किम भ्रमणमा आएका भुटानका प्रतिनिधिहरूले हालै राज्यमा आएको प्रकृतिक प्रकोप दीर्घकालीन पुनर्स्थापना लागि गरिएका उपायहरूबारे छलफल गरे। जिल्ला गभर्नरले सिक्किमका जनताप्रति भुटान सरकारको समर्थन र ऐक्यबद्धता रहेको कुरा अवगत गराए।

उनीहरूले भुटान र सिक्किमबीचको सामाजिक-सांस्कृतिक समानता र दुई क्षेत्रले नजिकबाट काम गर्न सक्ने क्षेत्रहरूबारे पनि छलफल गरे।

मुख्य सचिवले गभर्नर र उनीसँगै आएका अधिकारीहरूलाई उनीहरूको भ्रमणको लागि धन्यवाद दिए। उनले सिक्किम सरकारका केही कार्यक्रम र नीतिहरू संक्षिप्त रूपमा साझा गरे।

सो अवसरमा सिक्किमका पुलिस महानिदेशक ए.के. सिंह र जिल्ला गभर्नरका साथमा अन्य अधिकारीहरू पनि रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement