सिलगढ़ी: स्पेशल टास्क फोर्स (एसटीएफ)ले अबेर राति पिकअप भ्यानबाट भारी मात्रामा गांजाको साथ दुई आरोपितलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूको नाम प्रदीप सरकार र सुदीप दास बताइएको छ। दुवै काेचबिहार निवासी हुन्।
पुलिस सूत्रहरू अनुसार, बिहिवार राति एसटीएफले गुप्त सूचनाको आधारमा माटीगढ़ थाना अन्तर्गत फांसीदेवा अण्डरपास नजिक अभियान चलाएर एक पिकअप भ्यानलाई सन्देहको आधारमा रोक्यो। जब पिकअप भ्यानको तलाशी लिइयो त्यसमा बनेको गुप्त च्याम्बरबाट १३८ किलोभन्दा धेरैको गांजा जफत भयो।

जफत गरिएको गांजाको अनुमानित बजार मूल्य १३ लाख रूपियाँ छ। एसटीएफले चालक र खलासीलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरी अघिको कारबाहीको निम्ति माटीगढ़ थाना पुलिसलाई सुम्प्यो। माटीगढ़ा थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।