निर्मला ब्यानर्जीको निधनमा मुख्यमन्त्रीले शोक व्यक्त गरिन्

Screenshot_20231103_192135_Chrome.jpg

काेलकाता: ८७ वर्षको आयुमा, प्रोफेसर निर्मला ब्यानर्जीको कोलकाताको एक निजी अस्पतालमा आज निधन भएकाे छ। उनको निधनमा मुख्यमन्त्री ममता ब्यानर्जीले शोक व्यक्त गरेकी छन्।

मुख्यमन्त्रीले सोशल मीडिया प्लेटफार्म एक्समा आफ्नो सन्देशमा लेखिन्, प्रख्यात अर्थशास्त्री प्रोफेसर निर्मला ब्यानर्जी एवं नोबेल पुरस्कार विजेता प्रोफेसर अभिजीत विनायक ब्यानर्जीकी आमाको निधनले गहिरो दुःख लाग्यो। उनले शुक्रवार कोलकातामा अन्तिम सास लिइन्। म हिजो उनलाई अस्पतालमा हेर्न गएकी थिए।

प्रोफेसर निर्मला ब्यानर्जी लन्दन स्कूल अफ इकोनोमिक्सबाट प्रशिक्षित थिइन्। उनी कोलकाताको सेन्टर फर स्टडीज इन सोशल साइन्समा प्रोफेसर रहिसकेकी छन्। उनको बिहे प्रेसिडेन्सी कलेजका प्रख्यात अर्थशास्त्री दिवंगत प्रोफेसर दीपक ब्यानर्जीसित भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement