राष्ट्रपतिसित सैन्य इन्जीनियर सेवाका प्रोबेशनर्सलेगरे भेट

Screenshot_20231103_190036_Chrome.jpg

नयाँ दिल्ली: सैन्य इन्जीनियर सेवा (एमईएस)- का प्रोबेशनर्सले शुक्रवार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसित भेट गरे। अधिकारीहरूलाई सम्बोधन गर्दै राष्ट्रपतिले भनिन्, एकजना इन्जीनियरको भूमिका गणना, डिजाइनिङ्ग र निर्माणसम्म मात्र सीमित हुँदैन। यो अत्यन्त व्यापक छ। यसमा समुदालाई जोड़्नु, सपनाहरूलाई साकार पार्नु तथा भविष्यलाई आकार दिनु पनि सामेल छ। उनले युवा अधिकारीहरूसित भनिन्, उनीहरूसित यस्तो भौतिक बुनियादी ढाँचा तयार गर्ने शक्ति छ जुन सशक्त र टिकाउ हुन्छ।

पर्यावरणीय चुनौती औ जलवायु परिवर्तनका मुद्दाहरूको उल्लेख गर्दै राष्ट्रपतिले भनिन्, एमईएस अधिकारीहरूको यो कर्तव्य बन्छ कि उनीहरूले यस्तो संरचनाको डिजाइन र निर्माण गरून् जुन पर्यावरण अनुकूल, टिकाउ हुनका साथै नवीकरणीय उर्जाको बढ़्दो प्रयोगलाई प्रोत्साहित गरोस्। ग्रीन इन्जीनियरिङ्ग समयको माग हो। राष्ट्रपतिलाई यो जान्न पाउँदा खुसी लाग्यो कि एमईएसले विभिन्न उपायहरूलाई अप्नाएर राष्ट्रिय कार्बन फुटप्रिन्टलाई कम गर्नमा योगदान दिरहेको छ। उनले विश्वास व्यक्त गरिन्, एमईएसका युवा अधिकारीहरूले नयाँ विचार, नयाँ उर्जा तथा परिपूर्ण उत्साहको साथमा यी प्रयासहरूलाई अघि बढ़ाउनेछन्।

राष्ट्रपतिले भनिन्, सबै क्षेत्रहरू विशेष इन्जीनियरिङ्गको क्षेत्रमा नवीनतम तथा उन्नत प्रौद्योगिकीहरूको प्रयोग अत्यन्त महत्वपूर्ण छ। उनले एमईएस अधिकारीहरूलई गतिशील विकासमा सबैभन्दा अग्रपङ्क्तिमा बस्ने सल्लाह दिइन् साथै यो सुनिश्चित गरिन् कि उनीहरूको कामले नवीनतम प्रगतिलाई पनि प्रतिबिम्बित गरोस्।

राष्ट्रपतिले भनिन्, हाम्रो देशले वैश्विक स्तरमा विभिन्न क्षेत्रमा नयाँ मानदण्ड स्थापित गरिरहेको अवस्थामा उनीहरूलाई यस कुरामाथि गर्व हुनुपर्छ कि उनीहरू त्यो सेवाका अङ्ग हुन् जो देश तथा उसको सशस्त्र बलहरूको सेवाको लागि प्रतिबद्ध छ अनि राष्ट्रिय-वैश्विक स्तरमा भइरहेको परिवर्तन अनुसार आफूलाई ढाल्ने प्रयास गरिरहेको छ। उनीहरू सौभाग्यशाली छन् कि उनीहरूलाई ती बहादुर सैनिकहरूलाई सहायता अनि सेवा प्रदान गर्ने अवसर प्राप्त भएको छ जो मातृभूमिको लागि आफ्नो प्राण न्यौछावर गर्न सदैव तत्पर रहन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement