असम आइपुगे भुटान नरेश

104945697.png

माँ कामाख्याको गरे दर्शन

गुवाहाटी: भुटानका नरेश जिग्मे खेसर नामग्याल वाङ्गचुक शुक्रवार गुवाहाटी आइपुगेका छन्। यहाँको हवाईअड्डामा मुख्यमन्त्री डा. हेमन्त बिस्व सरमाले उनलाई स्वागत गरे। राजा वाङ्गचुकले कामाख्या मन्दिरमा दर्शन गरे।

मुख्यमन्त्री डा. सरमाले आशा व्यक्त गरे, भुटान नरेशको ३-देखि ५ नोभेम्बरसम्मको असम यात्राले भारत-भुटानको मित्रतालाई सशक्त बनाउनेछ अनि नयाँ सम्भावनाहरू सृजना हुनेछ।

भुटान नरेश आफ्नो तीन दिवसीय असम भ्रमण अन्तर्गत शुक्रवार अपरान्ह एक प्रतिनिधिमण्डलसितै गुवाहाटीको बोरझारस्थित लोकप्रिय गोपीनाथ बरदलै अन्तरराष्ट्रिय हवाईअड्डामा आइपुगे। यहाँ उनलाई असमका मुख्यमन्त्री डा. सरमाले स्वागत गरे। भुटान नरेश वाङ्गचुक हवाईअड्डाबाट सोझै विश्वप्रसिद्ध शक्तिपीठ माँ कामाख्या धाम पुगे जहाँ उनले पूजा-अर्चना गरे। यस अवसरमा कामाख्या धामका दौलाई (पुजारी)-ले उनलाई कामाख्या मन्दिरको प्रतिकृति भेंट गरे। असम भ्रमण अवधि उनले धेरैवटा कार्यक्रममा भाग लिनेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *