बर्षभरी खटियौ तर दशैमा नानीलाई एउटा लुगा समेत बनाई दिनु सकेनौ: श्रमिक
दार्जीलिङ: आलुबारी फुलबारी चिया बगान को श्रमिकहरूले पूजा बोनस अझसम्म पाएको छैन।गत केही बर्ष अधिदेखि चिया श्रमिकहरूको पूजा बोनसको विषयमाथि विवादहरू उत्पन्न हुदै आई रहेको छ। यस बर्ष पनि त्यस्तै विवादहरू उत्पन्न हुदा सरकारको श्रमायुक्तले १९ प्रतिशत पूजा बोनसको अधिसूचना जारी गरेको थियो।राज्य सरकारको श्रमायुक्तले १९ प्रतिशत पूजा बोनस दिने अधिसूचना जारी गरेता पनि पहाडको कतिपय चिया बगानको मालिकहरूले चिया बगान नोक्सानमा रहेको बताउँदै १९ प्रतिशत पूजा बोनस नदिने कार्यलयमा नोटिस टाँस्दा धेरै विबादहरू उत्पन्न भएता पनि पहाडको धेर जस्तो चिया बगानहरूले १९ प्रतिशत पूजा नै दिए अनि बन्द चिया बगानको श्रमिक हरूलाई कोरोना संक्रमणकालमा श्रमिकहरूलाई आर्थिक सहयोग गर्नलाई जीटीए चेयरम्यान रिलिफ फ्रण्ड संग्रह गरेका थिए अनि उक्त फ्रण्ड प्रत्येक श्रमिकहरूलाई ४ हजार रूपियाँको दरले वितरण गरिएको थियो।दशै सकियो अब दीपावाली आउँदैछ तर आजसम्म आलुबारी फुलबारी चिया बगानको श्रमिकहरूले पूजा बोनस नपाएको स्थानीय श्रमिकहरूले गुनासो पोख्दै विरोध प्रदर्शन गरयो। आलुबारी फुलबारी चिया बगानमा कार्यरत बन्दना खालिङले आफुहरूमाथि बगानको मालिकले हद पार गर्ने अन्याय गरेको तिनले बताए। दशै हाम्रो महान पर्व हो।दशैमा हाम्रो आफन्तहरू भेटन आउछ अनि हामी पनि भेटन जान्छौ, नानीहरूलाई नयाँ लुगाहरू बनाई दिने प्रचलन रहेको छ। घाम पानी, हुरी बतास केही नभनी हामी चिया बगानमा काम गर्छौ तर बर्षमा एक पटक दिइने पूजा बोनस समेत हामीलाई दिएको छैन। पहाडको सवै चिया बगानहरूमा कार्यरत श्रमिकहरूले पूजा बोनस पाए अनि बन्द चिया बगानहरूको श्रमिकहरूले पनि चार हजार रूपिया गरेर रिलिफ फ्रण्डबाट पाए तर हामी आलुबारी फुलबारी चिया बगानको श्रमिकहरूले फुटेको कौडी समेत पाएका छैनौ बन्दनाले भने। दशैमा हामीले राशन खाने दोकानबाट प्रचुर सौदाहरू लिएका छौ, दोकानबाट सौदा लिएपछि दोकानदारलाई बाकी तिर्न पर्छ तर कसरी तिर्ने भन्ने सोचले हामी आतिएका छौ तिनले भने। हामीलाई हाम्रो नानीहरूले हामीलाई नयाँ कहिले किनु दिनु हुन्छ भन्ने प्रश्न गर्छ तर त्यस प्रश्नको जवाफ हामीसंग छैन खालिङले भने।घाम पानी केही नभनी हामी बगानमा खटिएका छौ, हामीलाई पूजा बोनस चाहिन्छ आलुबारी फुलबारी चिया बगानको श्रमिकहरूले भने।