मिजोरम चुनाउः ७६७१ भोटरले गर्नेछन् गृह मतदान

IMG-20230410-WA0169-11-300x172-1

आइजोल: मिजोरमको मुख्य निर्वाचन अधिकारी कार्यालयले मिजोरम विधानसभाको चुनाउको तयारीको विवरण दिॅंदै राज्यका विभिन्न जिल्लाहरूमा वरिष्ठ नागरिक (८० वर्ष र माथि) र विकलांग व्यक्ति (पीडब्ल्यूडी) मतदाताहरूको निम्ति गृह मतदानको व्यवस्था गरिएको बताएका छन्।

यसको निम्ति दुई नोभेम्बर सॉंझ पॉंच बजीसम्म कुल ७ हजार ६७१ भोटरको मतपत्र पठाइएको छ। यसमा १,९९८ भोट होम भोटिङको माध्यमद्वारा अनि ५,६७३ भोट डाक मतपत्रहरूको माध्यमद्वारा गरियो।

यस पहलको उद्देश्य प्रत्येक योग्य मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अधिकार प्राप्त गर्न सकुन् भन्ने रहेको छ। जानकारी अनुसार, मामित जिल्लामा होम भोटिङ (०), पोस्टल ब्यालट (४६३), कुल (४६३)। कोलासिब जिल्लामा होम भोटिङ (१३८), पोस्टल ब्यालेट (४६१), कुल (५९९)। आइजोल जिल्लामा होम भोटिङ (८७५), पोस्टल ब्यालेट (७७९), कुल (१,६५४)। सैतुअल जिल्लामा होम भोटिङ (१४९), पोस्टल ब्यालट (३२७), कुल (४७६)। खावजोलमा होम भोटिङ (१०९), पोस्टल ब्यालेट (१४२), कुल (२५१)।

यसरी नै चम्फाई जिल्लामा होम भोटिङ (86), पोस्टल ब्यालट (४२६), कुल (५१२)। सेरछिप जिल्लामा होम भोटिङ (१६८), पोस्टल ब्यालट (४९७), कुल (६६५)। हनाथियाल जिल्लामा होम भोटिङ (५०), पोस्टल ब्यालेट (७४), कुल (१२४)। जिल्लामा होम भोटिङ (१८९), पोस्टल ब्यालट (९२५), कुल (१,११४)। लांगतलाई जिल्लामा होम भोटिङ (८१), पोस्टल ब्यालट (९८३), कुल (१,०६४) तथा सियाहा जिल्लामा होम भोङि (१५३), पोस्टल ब्यालट (५९६), कुल (७४९) भोटर छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement