१० नोभेम्बरमा नयाँ दिल्लीमा भारत-अमेरिकामाझ २प्लस२ वार्ता सम्पन्न हुने

360_F_250133716_wBuJyUX1wYBxr8bamy3uLE1lUlOxU0QG.webp

इजराइल-हमास र रूस-यूक्रेन पनि एजेण्डामा सामेल, सङ्घर्ष विराममाथि हुनेछ चर्चा

दुवै देशका रक्षा औ विदेशमन्त्रीले सहयोगको चर्चालाई अघि बढ़ाउनेछन्

नयाँ दिल्ली: भारत र अमेरिकामाझ २प्लस२ वार्ता आगामी १० नोभेम्बरको दिन नयाँ दिल्लीमा सम्पन्न हुनेछ। वार्तामा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनसित रक्षामन्त्री लयड अस्टिन पनि सामेल हुनेछन्। दुई देशबीच रणनीतिक तथा रक्षा मुद्दाहरूको बारेमा उच्च स्तरीय चर्चा सहित इजरायल-हमासबीच जारी सङ्घर्ष एवं यूक्रेनविरूद्ध रूसको युद्धलाई पनि एजेण्डामा सामेल गरिएको छ।

यद्यपि यस २प्लस२ वार्ताको बारेमा भारतीय रक्षा औ विदेश मन्त्रालयद्वारा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन, तर दक्षिण औ मध्य एशियाली मामिलाहरूका सहायक सचिव डोनाल्ड लू भन्छन्, अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन आगामी १० नोभेम्बरमा भारतमा हुनेछन्। उनीसित रक्षामन्त्री लयड अस्टिन पनि सामेल हुनेछन्। उनीहरूले वार्षिक २प्लस२ वार्ताको लागि भारतको यात्रा गर्नेछन्। यस सम्वादको माध्यमबाट दुई देशका रक्षा अनि विदेशमन्त्रीहरूले आ-आफ्ना समकक्षसित रक्षा एवं सहयोगको चर्चालाई अघि बढ़ाउनेछन्।

वास्तवमा अमेरिका-भारतबीच २प्लस२ सम्वादको मञ्च वर्ष २०१८- मा निर्माण भएको थियो। यसले दुवै देशलाई रणनीतिक तथा रक्षा मुद्दाहरूको बारेमा उच्चस्तरीय चर्चा गर्ने अनुमति दिन्छ। यसैले वार्ता अवधि भारतीय विदेशमन्त्री जयशङ्कर, विदेश सचिव र अन्य वरिष्ठ भारतीय अधिकारीहरूले अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनसित दुईपक्षीय बैठक गर्नेछन्।

यसरी नै अमेरिकी रक्षामन्त्री लयड अस्टिन भारत आउनु उनको एशिया यात्राको एक महत्वपूर्ण अंग हो। रक्षामन्त्री राजनाथ सिंह र सचिव गिरधर अरमानेसित 2प्लस2 वार्ताका अन्य बिन्दुहरूमध्ये एक भारत-प्रशान्तलाई स्वतन्त्र, खुल्ला, समृद्ध एवं सुरक्षित राख्नको लागि भारतसित सहयोगमाथि चर्चा गरिनुछ। यस अतिरिक्त दुवै देशका नेताहरूमाझ उच्चस्तरीय चर्चा सहित इजरायल र हमासबीच जारी सङ्घर्ष अनि यूक्रेनविरूद्ध रूसको युद्धलाई पनि बैठकको एजेण्डामा राखिएको छ।

दक्षिण औ मध्य एशियाली मामिलाका सहायक सचिव डोनाल्ड लूको भनाइ छ, भारत सरकारले पहिला हमास आतङ्कवादी आक्रमणको निन्दा गर्ने पक्षमा थियो, तर पछि अमेरिका सहित ती देशहरूको समूहमा सामेल भयो जसले गाजामा निरन्तर मानवीय पहुँचको आह्वान गरिरहेको छ।

उनले भने, हामी भारतसित यस सङघर्षलाई फैलाउनदेखि रोक्ने, मध्य पूर्वमा स्थिरता कायम राख्ने तथा यसको समाधानलाई अघि बढ़ाउने लक्ष्यलाई साझा गर्दछौं। हाम्रो उद्देश्य भारतीय रक्षा आवश्यक्ताहरूलाई पूरा गर्नु र वैश्विक सुरक्षामा योगदान दिने दृष्टिले विश्वस्तरीय रक्षा उपकरणहरूको उत्पादन गर्नको लागि अधिक सहयोगलाई प्रोत्साहित गर्नु हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *