टिस्टा बजार: आगामी ५ नोवेम्बर २०२३ आइतबार को दिन गोर्खा च्यारिटेबल हस्पिटल, हिमालयन वेल्फेयर अर्गनाइजेसन र मुखर्जी हस्पिटल सिलिगुडीको सयुक्त प्रयास अनि टिस्टा बजारको सामाजिक संस्था मित्र समुहको आयोजनामा एक मेघा हेल्थ चेक अप क्याम्प बाड पिडित महानुभाव अनि टिस्टा वरि परिका आम जनताको सुबिधाको निम्ति राखिने भएको छ र सो क्याम्प टिस्टा बजार सार्वजनिक भवनमा बिहान १०.३० बजे देखि दिउँसो २ बजे सम्म चल्ने छ। क्याम्पमा निम्न डाक्टर हरु उपलब्ध रहने छन:
१. जेनेरल फिजिसियन
२. न्युरोलजिस्ट (नशा सम्बन्धि बिरामीका डाक्टर)
३. स्त्रीरोग विशेषज्ञ
४. शिशु रोग विशेषज्ञ
५. दातको डाक्टर
उक्त क्याम्पमा निशुल्क औषधि बितरण सगै निशुल्क ब्लड सुगर टेस्ट पनि गरिने जानकारी सुरेन प्रधानले दिएका छन्।