खरसाङ: दार्जिलिङको डीएलआर प्रेरणाको आयोजना र वहदाम टिस साथै ब्रउड लिफ युएसएको सहकार्यमा खरसाङको महानदी क्षेत्रका निजी स्कूलका नानीहरूलाई लिएर विभिन्न खेल कार्यक्रमहरू अन्तर्गत चिप एक्सरसाइज डे कार्यक्रम सम्पन्न गरिएको छ। महानदीको गाँधी मेमोरियल प्राथमिक पाठशालाको मैदानमा सम्पन्न उक्त खेलकूद कार्यक्रममा डीएलआर प्रेरणा दार्जिलिङको प्रोजेक्ट अफिसर कृति राई, फाईनेन्स अफिसर सबिना सुब्बा, प्रोजेक्ट को-अर्डिनेटर सुवास मोथे उपस्थित रहेका थिए। महानदीको तीनवटा निजी अंग्रेजी स्कूलहरू क्रमैले एक्सुर्ट अग्रेजी स्कूल, क्याम्ब्रिज अंग्रेजी स्कूल र लिटल एञ्जल स्कूलका नानीहरूलाई लिएर विभिन्न खेलकूद कार्यक्रमहरू आयोजना गरिएको छ। विशेष गरेर नानीहरूको शारीरिक स्वास्थ्य र सर सफाई विषयमा जागरूक गराउँदै उमेर अनुसार विभिन्न प्रतियोगितामूलक खेलकूदहरू आयोजना गरिएको छ।

उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने नानीहरू साथै सहभागी नानीहरूलाई पनि पारितोषिक वितरण गरिएको छ। यसको साथै नानीहरूलाई सर सफाई विषयमा जानकारी गराइएको छ। उक्त खेलकूद कार्यक्रममा अतिथिको रूपमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, गाँधी प्राथमिक पाठशालाकी प्रधान अध्यापिका कविता गुरुङ लामा, तीनवटा निजी स्कूलका प्रधान अध्यापक अध्यापिकाहरू साथा स्वास्थ्य विभागबाट महानदीका एएनएम लगायत आशाकर्मीहरू, आँगनवाड़ीकर्मीहरू लगायत अन्यहरू उपस्थित रहेका थिए। दार्जिलिङमा सन् १९९३ सालमा नै स्थापना भएर विभिन्न सामाजिक कार्यहरू गर्दै आएका डीएलआर प्रेरणाले वहदाम टिस र ब्राउड लिफ् युएसएको सहकार्यमा नानीहरूलाई लिएर शिक्षा र खेलकूद, सर सफाई साथै अन्य विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन्।

महानदीमा सम्पन्न यस खेलकूद कार्यक्रम विषयमा डीएलआर प्रेरणाको प्रोजेक्ट अफिसर कृति राईले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।