काेचबिहारको एक आवासीय क्षेत्रमा हात्तीको बथान पस्यो, एक घाइते

IMG-20231103-WA0146.jpg

काेचबिहार: दिनहाटाको मटलहाट ग्राम पंचायत क्षेत्रमा हिजो बिहान ६ वटा हात्तीको समूह देखियो। हिजो दिनभरको प्रयासका बाबजुद पनि वन विभागले हात्ती समूहलाई जंगलमा फर्काउन सकेको छैन। एक दिनको पैदल यात्रापछि ६ वटा हात्तीको समुह शितलकुचीमा घुमिरहेको छ। शितलकुचीमा आज बिहान हात्तीको आक्रमणबाट अब्दुल लतिफ मियाँ नामका एक व्यक्ति घाइते भएका छन्।

उनलाई उद्धार गरी माथाभाङ्गा डिभिजनल अस्पताल लगियो, जहाँ डाक्टरहरूले उनलाई काेचबिहार रेफर गरे। उक्त व्यक्तिको खुट्टा र छातीमा चोट लागेको बताइएको छ। हात्तीको आक्रमणले क्षेत्रमा त्रास फैलिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement