एलपीजीको समस्या समाधानलाई लिएर आपतकालिन बैठक सम्पन्न

IMG-20231102-WA0269.jpg

गान्तोक: राज्यको खाद्य एवम नागरिक आपूर्ति विभागकी सचिव नम्रता थापाको अध्यक्षतामा एक आपताकालिन बैठक उनको कार्यालयमा सम्पन्न भयो। यस बैठक आयोजना गरिनुको मुख्य उद्देश्य राज्यमा घेरुल एलपीजी ग्यास सिलिन्डरको भण्डारणबारे चर्चा परिचर्चा गर्नु रहेको थियो। उक्त सभामा अतिरिक्त नियन्त्रक एलबी प्रधान,संयुक्त नियन्त्रक टिटुस बस्नेत लगायत समन्धित अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय छ, गत ४ अक्टोबरको विनाशकारी बाढी पछि राष्ट्रीय राजमार्ग भएर ठूला वाहनहरूको आवत जावत हुन सकेको छ। अर्कोतिर सिलगढीदेखि कालेबुङ भएर आउन लामो बाटो रहनको साथै उक्त सडक भएर ठुला वाहनहरू आवात-जावत गर्न प्रतिवन्ध लगाएको छ। यस्तो अवस्थामा मानिसहरूलाई कसरी सिलिन्डर उपलब्ध गराउने भन्नेबारेमा बैठकमा चर्चा परिचर्चा गरियो। हाल राज्यको केही स्थानहरूमा उपभोक्ताहरूले ग्यासको समस्या भोग्नु परिरहेको कुरामाथि पनि चर्चा गरिएको बताइएको छ। यस गतिरोधलाई कम गर्न गर्न विभागकी सचिवले आइओसीएल ट्रान्सपोर्टरलाई राज्य सिलिन्डर ल्याउनको निम्ति सिलिन्डर बोक्न ट्रकहरूको संख्या बढाउन निर्देशन दिए। जलपाईगुडीबाट एलपीजी सिलिन्डरहरू चलाउन यातायात विभागले निजी वितरकहरूको ट्रकहरूलाई अस्थायी विशेष मार्ग अनुमतिहरू पनि प्रदान गर्ने पनि बैठकमा जानकारी गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement