काेलकाता: नोबेल पुरस्कार विजेता अभिजीत ब्यानर्जीकी आमा निर्मला ब्यानर्जी बिरामी छन्। गत केही दिनदेखि उनी बाईपासस्थित एउटा निजी अस्पतालमा उपचाराधीन छन्। उनको शारीरिक अवस्था चिन्ताजनक छ।
बिहिवार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी उनको स्वास्थ्यको बारेमा जानकारी लिन अस्पताल पुगिन्। यसावधि मुख्यमन्त्रीले निर्मला ब्यानर्जीसॅंग कुराकानी गरिन्, साथै उनले चिकित्सकहरूसॅंग पनि कुराकानी गरिन्। निर्मला देवी ८७ वर्षकी हुन्। उनी अर्थशास्त्रकी अध्यापक थिइन्। वर्ष २०२१ मा जब उनको छोरालाई नोबेल पुरस्कार प्राप्त भएको थियो, उनलाई धेरै कार्यक्रमहरूमा देखिएको थियो।