खुट्टी पुजाको माध्यमद्वारा आमबारी फालाकाटा यङ्गस्टर क्लबले काली पुजाको तयारी शुरू

740e51a7-67c5-4220-a1af-5b67e7b717e4.jpg

राजगञ्ज: खुट्टी पुजाको माध्यमद्वारा आमबारी फालाकाटा यङ्गस्टर क्लबले काली पुजाको तयारी शुरू गरेको छ। उक्त क्लबको काली पुजाले ६६ वर्षमा पाइला टेकेको छ। यस वर्ष उक्त क्लबको पुजाको थिम आदियोगीको विशाल शिव मूर्तिको ढाँचामा पण्डाल तयारी गरिरहेको छ। राजगञ्ज ब्लकको आमबारी फालाकाटा यङ्गस्टर क्लबले धेरै वर्ष अघिदेखि थिम पण्डाल बनाउँदै आइरहेको छ। यस वर्ष उक्त क्लबले तामिलनाडुको कोयम्बटुरमा अवस्थित आदियोगीको मूर्तिको ढाँचामा पुजा पण्डाल बनाइरहेको छ भने यस वर्ष पुजाको बजट लगभग ४ लाख रुपियाँ रहेको छ। यसको साथै पुजा अवधि ४ दिनसम्म विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement