सिलगडी: हङकङ मार्केटमा नेपाली दाजुभाई तथा चेलीबेटीहरुलाई सामान किन्न जाँदा बेईज्जती गर्दै खेदाई-खेदाई कुट्पीट गरेको समाचार बाहिर आएपछि अहिले त्यसको कडा शब्दमा विरोध र भत्सर्ना मात्र भइरहेको छैन, अबउसो हङकङ मार्केट नजाने पनि निर्णय गरिएको छ। जानकारीका अनुसार सिलगडीको हङकङ मार्केटमा सामान किन्न जाँदा नेपालीभाषी युवा तथा चेलीहरूमाथि स्थानीय दोकानदारहरूले कुटपिट गरेको विभिन्न सोसियल मिडीया तथा समाचार माध्यमबाट बाहिर आएपछि आज बाघडुग्रावासीले पनि बहिष्कारको निर्णय लिएको बताइएको छ।

यसका साथै बैठकमा उपस्थित व्यक्तिले दार्जीलिङ, खरसाङ, कालेबुङ, सिक्किम र तराई, डुवर्स अनि नेपालका नेपालीहरूले पनि घटनाको विरोध गर्दै हङकङ मार्केट बहिष्कार गर्न अपील पनि गरेका छन्।