विभिन्न मुद्दामा सरकारलाई घेर्दै सिटिजन एक्शन पार्टी

IMG-20231102-WA0274.jpg

गान्तोक: सिटिजन एक्शन पार्टी (क्याप) सिक्किमले विभिन्न मुद्दामा राज्य सरकारलाई घेराउ गरेको छ। पार्टीले राज्यका सबै सरकारी कलेज र राज्य विश्वविद्यालयमा विद्यार्थी प्रतिनिधि परिषद् चुनाउ गराउन शिक्षा विभागले पहल नगरेको भन्दै छोडिएका कलेज र विश्वविद्यालयमा पनि चुनाउ गराउन माग गरेको छ। पार्टीका प्रवक्ता महेश राईले विद्यार्थी प्रतिनिधि परिषद विद्यार्थीका समस्याहरू उठाउन र समाधान गराउने एउटा सही मञ्च रहेर पनि सबै सरकारी कलेजमा विभागले यो चुनाउ नगराएका कारण विद्यार्थीलाई अन्याय भइरहेको बताउँदै शिक्षा विभागले सबै कलेजमा चुनाउ गराउनुपर्छ भन्ने माग गरे। आगामी १० नोभोम्बरमा सिक्किमका केही सरकारी कलेजहरूमा विद्यार्थी प्रतिनिधि परिषदको चुनाउ हुन गइरहेको तर धेरै कलेजलाई यसबाट विभागले वञ्चित राखेको सिटिजन एक्शन पार्टीको आरोप छ।

अर्कोतिर चुनाउमा भाग लिइरहेका विद्यार्थीलाई शुभकामना दिंदै महेश राईले विद्यार्थी प्रतिनिधि परिषदको आगामी चुनाउलाई विद्यार्थीले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले भने “चुनाउमा भाग लिइरहेका विद्यार्थी प्रतिनिधिहरूले चुनाउ लड्दा केही वर्ष अघि गेजिङ कलेजका विद्यार्थीलाई बिना कारण निस्कासन गरिएको घटना, सिक्किममा घट्दो शिक्षा स्तर, नशालु पदार्थको समस्या, सरकारी विद्यालयहरूमा समयमा पाठ्य पुस्तक नपुगेको विषय आदीलाई गम्भीरतापूर्वक लिनुपर्नेछ।” सबै सरकारी कलेजमा चुनाउ नगराएर विभागले विद्यार्थीलाई उनीहरूको प्रजातान्त्रिक अधिकारको उपभोग गर्बाट पनि वञ्चित राखेको महेश राईले आरोप लगाएका छन्।

पत्रकारहरूसित कुराकानी गर्दै महेश राईले सिक्किम सरकारले पछिल्लो वित्तीय वर्षको कन्ट्रोलर एण्ड अडिटर जेनेरल सिएजीको अडिट रिपोर्ट अहिलेसम्म विधानसभामा पेश गर्न नसकेको पनि आरोप लगाए। अडिट रिपोर्ट विधानसभामा पेश गरेर जनतामा सार्वजनिक गराउन अति महत्त्वपूर्ण विषय रहेपनि अहिलेसम्म किन यो रिपोर्ट पेश गरिएको छैन् भन्ने प्रश्न गर्दै उनले चालु विधानसभा सत्रमा अडिट रिपोर्ट पेश गर्नुपर्ने माग गरेका छन्। अर्कोतर्फ सिक्किम राज्य आपदा प्रबंधन प्राधिकरणले राज्यमा आपदा न्यूनीकरण र रोकथाममा केही काम नगरेको कारण 4 अक्टोबरको टिस्टा त्रासदीले व्यापक नोक्सानी भएको सिएपी प्रवक्ताले आरोप लगाए। महेश राईले भने, “हाम्रो पार्टीले टिस्टा त्रासादीपछि यसको कारण र नोक्सानी बारे जायजा लिन एउटा फ्याक्ट फाइन्डिङ कमिटी गठन गरेको थियो जसको प्रारम्भिक रिपोर्ट अनुसार सिक्किम राज्य आपदा प्रवंधन प्राधिकरणले सिक्किममा आपदा न्यूनीकरण र रोकथाम बारे केही काम नगरेको पाइएको छ। प्रधिकरणले राहत र पुनर्वासमा काम गरेको भएपनि आपदा हुनबाट जोगाउनने बारे केही काम नभएका करण सिक्किमले धेरै नोक्सानी खप्न परेको छ। यो प्राधिकरणको लापरवाहीको कारण हो रकमिटीले रिपोर्ट पेश गरेपछि हामी प्राधिकरणका अध्यक्ष विरुद्ध एफआईआर गर्नेछौं।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement