वृद्धहरूलाई लिएर एक दिवसीय जाँच शिविर सम्पन्न

IMG-20231102-WA0270.jpg

गान्तोक: रानीपुलस्थित आहो किसान स्कूलमा वृद्धहरूको स्वास्थ्य जाँचको निम्ति राष्ट्रिय कार्यक्रम अन्तर्गत एक दिवसीय स्वास्थ्य जाँच शिविर आयोजना गरियो। यस अवसरमा स्वास्थ्य जाँचसँगै रोगीहरूलाई औषधि पनि प्रदान गरिएको जानकारी गराइएको छ।

विद्यार्थीहरूसँगै सहभागीहरूलाई मानसिक स्वास्थ्य र स्वास्थ्य शिक्षक (ब्लक आईईसी सेल) द्वारा एनसीडीका परिमार्जन गर्न सकिने र परिमार्जन गर्न नसकिने जोखिम कारक, कान/आँखाको हेरचाह, आहार आदि जस्ता अन्य विषयहरूमा सल्लाह दिइयो।

About Author

Advertisement