प्राण घातक आक्रमण गर्नेहरू विरूद्व अविलम्ब कानूनी कार्यवाही गरिनुपर्छ: अजय एडवर्ड
दार्जीलिङ: सिलगढीको हङकङ मार्केटमा गोर्खा समुदायहरूमाथि कुटपीट गर्ने एंव प्राण घातक आक्रमण गर्नेहरू विरूद्व अविलम्ब कानूनी कार्वाही गर्ने मांग गर्दै हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले सिलगढी नगरनिगमको मेयर गौतम देव र सिलगढी पुलिस कमिशनरलाई पत्रचार गरेका छन्। गत केही दिन अघि सिलगढीको हङकङ मार्केटमा स्थानीय दोकानदारहरूले गोर्खा समुदायहरूलाई कुटपीट एंव प्राण घातक आक्रमण गरेको दृश्यहरू समाजिक सञ्जालहरूमा भाइरल भईरहेको छ। गोर्खा समुदायमाथि यस प्रकारको घृणित एंव अपमानित कार्यहरूको म कठोर शब्दमा निन्दा गर्छु साथै यस्तो कार्य गर्नेहरू विरूद्व अविलम्ब कानूनी कार्वाही गर्ने अध्यक्ष एडवाडर्सले मेयर गौतम देव र सिलगढी कमिशनर समक्ष मांग गरेका छन्। हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले आफ्नो पत्रमा सिलगढी आदि क्षेत्रहरूमा बसोबासो गर्ने गोर्खा समुदायले आफु असुरक्षित रहेको अनुभव गरीरहेको छ। त्यसकारण अब उसो यस्तो घृणित कार्यहरू नदोरियोस भन्ने अनुरोध पनि गरेका छन्। सिलगढीको साम्प्रदायिक सदभावना बिगार्नेहरू विरूद्व अविलम्ब कानूनी कार्यवाही गर्न अति नै जरूरी रहेको पनि अध्यक्ष एडवडर्सले आफ्नो पत्रमा बताएका छन्।