कोलकाताः विख्यात कारोबारी दर्शन हीरानन्दानीबाट घूस लिएर अडानी समूह विरूद्ध संसदमा प्रश्न सोध्ने र त्यससित प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहलाई जोड्ने मामिलामा बिहिवार तृणमूल सांसद महुआ मोइत्रासित सोधपुछ भइरहेछ। दिल्लीमा संसदको एथिक्स कमिटीले उनीसित सोधपुछ गरिरहेछ। यसबीच बंगाल भाजपाले उनलाई संसदबाट बर्खास्त गर्न माग गरेको छ।
भाजपा विधायक अग्निमित्रा पालले बिहिवार सोशल मीडिया प्लेटफार्म एक्समा एउटा पोस्ट गरी भनिन्, एमपी आईडी (महुआ मोइत्रा) लाई दुबईमा ४७ पल्ट लगिन गरियो। महुआ मोइत्राले एक कोरपोरेट जासूस सरह व्यवहार गरेकी छन् र देशको सुरक्षाको साथ खेलवाड़ गरेकी छन्। एथिक्स कमिटीले महुआ मोइत्रालाई तुरन्तै बर्खास्त गर्नुपर्छ।
सूत्रहरूले दाबी गरे, महुआ मोइत्राले कारोबारी दर्शन हीरानन्दानीलाई आफ्नो जुन पार्लियामेन्ट्री आईडी दिएकी थिइन्, त्यसलाई दुबईमा ४७ पल्ट लगिन गरी अडानी समूह विरूद्ध प्रश्न अपलोड गरियो, जसलाई महुआले संसदमा सोधिन्। दर्शन हीरानन्दानीले हलफनामा दिएर सरकारी साक्ष्य बन्ने इच्छा जाहेर गरेका छन् र उनले महुआको पार्लियामेन्ट्री आईडीलाई दुबईमा लगिन गरी प्रश्न पोस्ट गरेको स्वीकार गरेका छन्।
महुआले यो पनि स्वीकार गरेकी छन् कि उनले आफ्नो पार्लियामेन्ट्री आईडी दर्शन हीरानन्दानीलाई दिएकी थिइन्। संसदीय नियमहरू मुताबिक यो विशेष अधिकारको उल्लङ्घन हो र संसदबाट सदस्यता रद्द गर्नका लागि पर्याप्त पनि छ।
-हिस