कोलकाताः भारतीय जनता पार्टी (भाजपा) ले एसएसकेएम अस्पतालका अधीक्षक डाक्टर मनिमय ब्यानर्जीलाई बर्खास्त गरिने माग गरेको छ। पार्टीकी विधायक अग्निमित्र पालले मुख्यमन्त्री ममता ब्यानर्जीको प्रेस कन्फ्रेन्समा गरिएका दाबीहरूलाई आधार बनाएर यो माग गरेकी छन्।
उनले आज सोशल मीडिया प्लेटफार्म एक्समा लेखिन्, एक दिनअघि मुख्यमन्त्री ममता ब्यानर्जीको प्रेस कन्फ्रेन्सबाट हामीले थाहा पायौं कि पीजी अस्पतालमा मुख्यमन्त्री ममता ब्यानर्जीको चिकित्सामा ठूलो लापरवाही अपनाइएको छ। तरैपनि अस्पतालका निदेशक डाक्टर मनिमय ब्यानर्जीलाई कुनै सजाय दिइन। आखिर किन ? यसो यसैले भइरहेछ किनभने उनले कालीघाटका काकू (सुजय कृष्ण भद्र) लाई सुऱक्षा दिइरहेका छन् ? उनले ईडीलाई काकूको भोयस नमूना लिन दिइरहेका छैनन्।
हिस