तृणमूल सांसद प्रकाश चिक बड़ाइकको फ्ल्याटमा हमला, छ पक्राउ

IMG-20230528-WA0320-5-300x172-1

अलिपुरद्वारः राज्यसभा सांसद एवं तृणमूल कांग्रेसका अलिपुरद्वार जिल्लाध्यक्ष प्रकाश चिक बड़ाइकको फल्याटमा हिजो अबेर राति कथित रूपमा हमला गरिएको छ। अलिपुरद्वार शहरको वार्ड नम्बर-४ मा एउटा भाड़ाको फ्ल्याटमा अचानक बदमाशहरूले हमला गर्दा सनसनी फैलियो। यद्यपि, पुलिसले सबै छह बदमाशहरूलाई समाएको छ।

राज्यसभा सांसद प्रकाश चिक बड़ाइक अनुसार, बुधवार राति लगभग १२ बजी चार चक्के गाड़ी र मोटर बाइकमा छह जनाको दल उनको भाड़ाको फ्ल्याटमा पुग्यो। त्यस समय उनले कालचिनीका पार्टी अध्यक्ष बाहेक आठ पार्टी नेताहरूसित बैठक गरिरहेका थिए। तब तीन युवक कसैलाई खोज्दै अचानक उनको फ्ल्याटमा पसे। यसपछि पार्टीका एक कार्यकर्तामाथि हमला गरे। जसमा पार्टी कार्यकर्ता घाइते भयो।

यस अवधि आवाज सुनेर फ्ल्याटमा भएका सबै जना बाहिर आए औं तीन आक्रमणकारीलाई समाए। यसपछि पुलिसलाई सूचना दिइयो। फ्ल्याट मुनिबाट अन्य तीन युवकलाई पनि समाइयो। आक्रमणकारीहरू आएको वाहनबाट धारिलो हतियार पनि जफत गरिएको छ। यस हमलाको पछाड़ी कुनै ठूलो षड़यन्त्र छ। पुलिसले जाँच गर्नेछ र यिनीहरू विरूद्ध कारबाही गर्नेछ भनी उनले पूरा आशा राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement