सरकारी वाहनबाट लाखौंको प्रतिबन्धित कफ सिरप जफत

IMG-20230528-WA0320-5-300x172-1

सिलगढ़ीः स्पेशल अपरेशन ग्रुप (एसओजी) र प्रधान नगर थाना पुलिसले सरकारी बोर्ड लागेको एउटा चार चक्के वाहनबाट लाखौं रूपियाँको प्रतिबन्धित कफ सिरप जफत गरेको छ। यस मामिलामा दुई जनालाई पनि पक्राउ गरिएको छ। पक्रा परेका आरोपितहरूको पहिचान इस्लामपुर निवासी दुलाल चौधरी (४०) र दिलीप दास (४६) को रूपमा गरिएको छ।

पुलिस सूत्रहरू अनुसार, एसओजी र प्रधान नगर थाना पुलिसले बुधवार अबेर राति चम्पासरी स्थित सर्किट हाउस क्षेत्रमा अभियान चलायो। यस अवधि सन्देहको आधारमा पश्चिम बंगाल सरकारको बिजुली विभागको बोर्ड लागेको एउटा सेतो रंगको चार चक्के गाड़ीलाई रोकेर त्यसको तलाशी लिइयो र त्यसबाट सात कार्टून प्रतिबन्धित कफ सिरप जफत भयो।

जसको अनुमानित बजार मूल्य ५ लाख रूपियाँभन्दा धेरै छ। जसपछि तस्करीको आरोपमा पुलिसले दुलाल र दिलीपलाई पक्राउ गऱ्यो। वाहनमा बिजुलीको विभागको बोर्ड तस्करीको निम्ति लगाइएको हो या यो वाहन बिजुली विभागको हो, यो जान्न पुलिसले जाँच गरिरहेछ। पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement