मोटरबाइक र ट्याक्सीको भीड़न्तमा दुईजना गम्भीर घाईते

7bde9bf9-82d4-404c-a0f4-7b0037b77f19

कालचिनीः बिहीबार दिउँसो हाँसीमारा जयगाउँ एसियन हाइवे ४८ मा जयगाउँबाट आइरहेको एउटा भोटाङ नम्बरको ट्याक्सीसित हाँसीमारादेखि दलसिंहपाड़ातर्फ गईरहेको एउटा मोटरबाइक भीड़न्त हुँदा मोटरबाइकमा सवार दुईजना गम्भीर घाईते बनेको घटना प्रकासमा आएको छ।
घाइते हुनेहरूमा दलसिंहपाड़ा निवासी कर्मा लामा र अर्पण राईको रुपमा चिन्हित भएको पुलिस सुत्रले जनाएका छन्।
घाईते दुवैलाई प्रथमत उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याएको थियो भने त्यहाँबाट पुनः अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिएको अस्पताल सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement