सरोजिनी देवानको कथा संग्रह ‘विषम वियोग’ विमोचन हुने

IMG-20231102-WA0240.jpg

खरसाङ: खरसाङकी नारी स्रष्टा सरोजिनी देवानको पहिलो कृति कथा संग्रह ‘विषम वियोग’ विमोचन हुने भएको छ। उनको उक्त कथा संग्रह आगामी ५ नोभेम्बर २०२३ आईतबारको दिन सालबारीस्थित सालबारी सेवा समाज भवनमा हुने भएको छ। लामो समयदेखि कथा, कविता र गजलहरू लेख्दै आएकी नारी स्रष्टा सरोजिनी सागर देवानले आफ्नो पहिलो कृतिको रूपमा कथा संग्रह प्रकाशित गरिरहेकी छन्। मदन देवान स्मृति मञ्चको आयोजनामा सम्पन्न उक्त विमोचन कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ कथाकार राजेन मोक्तान उपस्थित रहने भएको छ भने पुस्तकमाथि समीक्षात्मक टिप्पणीको लागि वक्ताको रूपमा सुरज धड्कन उपस्थित रहने भएको छ।

खरसाङकी नारी कथाकार एंव स्रष्टा सरोजिनी देवानको पहिलो कृति कथा संग्रह ‘विषम वियोग’ को आगामी ५ नोभेम्बर २०२३ के दिन बिहान ११ बजेदेखि सालबारीमा हुने विमोचन कार्यक्रममा सबैलाई उपस्थित भईदिने आह्वान् स्रष्टा सरोजिनी देवानले गरेकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *