समाचार प्रकाशित भएपछि टि रिसर्च सेन्टरका श्रमिकहरूले पाए वेतन र बोनस

IMG-20231102-WA0238.jpg

खरसाङ: खरसाङको पंखाबारी रोडस्थित टि रिसर्च सेन्टरमा कार्यरत् श्रमिकहरूले गरेको धरणा प्रदर्शनपछि नपाएको दुई पन्ध्रको वेतन र बोनस पाएका छन्। भारत सरकारको वाणिज्य अनि उद्योग मन्त्रालय अन्तर्गत खरसाङको पंखाबारी रोडस्थित टि बोर्ड अफ् ईण्डियाको दार्जिलिङ टि रिसर्च एण्ड डेभलोप्टमेन्ट सेन्टरमा कार्यरत् श्रमिकहरूले दुई पन्ध्रको वेतन र बोनस पाएका थिएनन्। उक्त सेन्टरका श्रमिकहरूले गत ३० र ३१ अक्टोबरको दिन कार्यालय अघि धरणा प्रदर्शन गरेका थिए। उक्त धरणा प्रदर्शन र श्रमिकहरूका हक र अधिकारको लागि खरसाङका मिडियाकर्मीहरूले समाचार प्रसारण र प्रकाशित गरेका थिए। त्यसपछि श्रमिकहरूले वेतन र बोनस पनि पाएका थिए। आज उक्त टि रिसर्च सेन्टरका श्रमिकहरूले भिडियो जारी गरेर धरणा प्रदर्शन साथै मिडियामा रिपोर्ट आएपछि वेतन र बोन। पाएको बताएका छन्। यस क्रममा सबै श्रमिकहरूका पक्षमा नारायण तामाङ र अमीत तामाङले ३० र ३१ मा धरणा प्रदर्शन साथै मिडियामा रिपोर्ट आएपछि ३१ अक्टोबरमा दुई पन्ध्रको वेतन र १ नोभेम्बरमा १५ प्रतिशत र ४ प्रतिशत गरेर जम्मा १९ प्रतिशतले बोनस पनि पाएको बताएका छन्। यसरी टि रिसर्च सेन्टरका श्रमिकहरूले वेतन र बोनस पाएकोमा खरसाङका सबै मिडियाकर्मीहरू र भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला सचिव सोनाम लामा र मण्डल सभापति निशान सुनवारप्रति पनि आभार प्रकट गरेका छन्। उल्लेखनीय छ खरसाङमा रहेको टि रिसर्च सेन्टरमा कार्यरत् श्रमिकहरूले वेतन र बोनस नपाएर धरणा गरेको खबर पाएर दार्जिलिङका सांसद राजु विष्टको प्रतिनिधिको रूपमा भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामा र खरसाङ गिध्द पहाड़को मण्डल सभापति निशान सुनवार आएर श्रमिकहरूका समस्याहरू बुझेका थिए भने सेन्टरमा आएर उप निर्देशकसित पनि समस्या समाधानको लागि भेट गरेका थिए।

यसको साथै समस्या विषयमा सांसदलाई पनि जानकारी गराएका थिए। यहाँको श्रमिकहरूले वेतन र बोनस पाएपछि सबैजना खुशी बनेका छन् अनि उनीहरूले मिडियालाई पनि धन्यवाद दिएका छन्। यसको साथै यस सेन्टरमा कार्यरत् श्रमिकहरूका विभिन्न समस्याहरू जस्तै मेडिकल सहुलियत, पीएफ, अवकाशप्राप्त श्रमिकहरूले पाउने पैसा साथै अवकाशपछि बदलीमा अरूले काम पाउनु पर्ने जस्तो विषयहरू पनि समाधान हुन पर्ने अनि यसको लागि मिडियाले प्रचार प्रसार गरिदिने निवेदन गरेका छन्। उनीहरूले यहाँको विभिन्न समस्याहरू विषय लिएर सांसद राजु विष्टलाई बोलाउने पनि बताएका छन्। उल्लेखनीय छ खरसाङमा सन् १९७६ सालतिर नै स्थापित यस सेन्टरमा चियामाथि रिसर्च हुन थालेको थियो भने यहाँको भवन १९८१ मा निर्माणपछि उदघाटन गरिएको थियो। यहाँ अहिले २० जना श्रमिकहरू र ३ जना स्टाफहरू, १८ जना जति अस्थायी श्रमिकहरू र कर्मचारीहरू रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement