भुटानका राजा ३-१० नोभेम्बरसम्म भारतको यात्रामा

bhutan-king-768x405.jpg

नयाँ दिल्ली: भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्गचुक ३ देखि आगामी १० नोभेम्बरसम्म भारतको आधिकारिक यात्रामा आउने भएका छन्। उनीसित भुटानको शाही सरकारका वरिष्ठ अधिकारीहरू पनि भारत आउनेछन्।

विदेश मन्त्रालयले बिहीवार जारी बयानमा भनेको छ, भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्गचुकले आफ्नो यात्रा अवधि प्रधानमन्त्री नरेन्द्र मोदीसित पनि भेट गर्नेछन्। विदेशमन्त्री र भारत सरकारका वरिष्ठ अधिकारीहरूले भुटानका राजासित भेट गर्नेछन्। भुटान नरेशले असम औ महाराष्ट्र जस्ता राज्यहरूको भ्रमण पनि गर्नेछन्।

बयानमा अझ भनिएको छ, भारत-भुटानबीच मित्रता एवं सहयोगको अनौठो सम्बन्ध रहिआएको छ जसको विशेषता समझ र आपस्तको विश्वास हो। यो यात्राले दुवै पक्षलाई द्विपक्षीय सहयोगका सम्पूर्ण आयामको समीक्षा गर्ने अनि विभिन्न क्षेत्रमा अनुकरणीय द्विपक्षीय साझेदारीलाई बढ़ाउने अवसर प्रदान गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement